प्रधानमन्त्री भन्छन्- ‘लकडाउनको हल्ला चलाइयो, तर सरकार चाहँदैन’

प्रधानमन्त्री भन्छन्- ‘लकडाउनको हल्ला चलाइयो, तर सरकार चाहँदैन’

kp sambodhan

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन जान नचाहेको बताएका छन् । आजै लकडाउन, भरे नै लकडाउन हुन्छ भनेर गलत हल्ला चलाइएको उनले दावी गरे।

नयाँ वर्ष २०७८ को अवसरमा सिंहदरबारबाट टेलिभिजनमार्फत प्रत्यक्ष सम्वोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन । त्यो उचित ठान्दिनँ । परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हाैं मात्र भनको हुँ ।’

जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री  ओलीले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अपिल गरे ।ओलीले सरकारले सकेसम्म लकडाउनमा जानु नपरोस् भन्ने चाहेको बताए । तर महामारी हृवात्तै बढेपछि विकसित देशहरुले पनि बाध्य भएर लकडाउन गर्नु परेको स्मरण गर्दै उनले भने, अहिले नै सतर्कताबाट परिस्थितिलाई बिग्रिन नदिऊँ ।

प्रतिकूलताको बीच पनि सरकारले असाधारण काम गरेको छ 

प्रधानमन्त्री ओलीले प्रतिकूलताको बीच पनि सरकारले असाधारण काम गरेको बताए ।केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए । ‘हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उनले बताए ।

सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उनले त्यो भत्ता दिनको एक सयमा पुगेको बताए । आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले बताए ।

एमसीसी सदनमा निर्णयार्थ पेस नगरेकोमा सभामुखसँग प्रधानमन्त्री ओली असन्तुष्ट

ओलीले एमसीसी संसदमा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि जनाए । एमसीसी निर्णयार्थ प्रस्तुन नगरिएको भन्दै नाम नलिइकन सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका हुन् ।

‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन । सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेस गर्नुपर्ने हो । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ,’ ओलीले भने ।

संसद अधिवेशन शुरू भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिइएर अप्रिय स्थिति सिर्जना गरिएको उनले बताए ।

नेपाल टनेल युगमा प्रवेश गरेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टनेल युगमा प्रवेश गरेको बताए ।थानकोट-नौविसे सडकबाट पनि टनेल युगमा नेपाल प्रवेश गरेको देखिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘हामी टनेल युगमा प्रवेश गर्नका लागि बाटाका क्षेत्रमा थानकोट-नौविसे सडक, त्यसबाट पनि देखिएको छ। हामी टनेल युगमा प्रवेश गरेका छौं,’ नयाँ वर्षमा जनताका नाममा सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले भने।

टनेल निर्माण कसरी भइरहेको छ भन्नेबारे हेर्न काठमाडौंवासीलाई सजिलो पनि भएको उनले बताए।‘अब काठमाडौंवासीलाई के सजिलो भएको छ भने टनेल कसरी निर्माण भइरहेको छ त्यो हेर्न जाने,’ प्रधानमन्त्री ओलीले भने, ‘कसरी अब टनेलबाट नौविसे छिर्ने र नौविसेबाट काठमाडौं छिर्ने? त्यो ३/४ किलोमिटरको बाटो भएर कसरी आउँदैछ।’ उनले उत्तर-दक्षित रेल र बाटामा पनि टनेलको प्रयोग गर्ने उनले बताए।

प्रधानमन्त्री ओलीको सम्बोधन (लाईभ भिडिओ)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ