काठमाडौं- नेकपा ९माओवादी केन्द्र०ले संघ र प्रदेशमा गरी १३ सांसद गुमाएको छ। माओवादीले संघीय संसद्मा पाँच र प्रदेशमा आठ जना गरी १३ जना सांसद गुमाएको हो।
संघमा माओवादीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित रामबहादुर थापा‘बादल’ तथा प्रतिनिधि सभातर्फ सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको पद गुमेको छ। माओवादी छाडेर एमालेमा लागेका उनीहरुको सांसद पद गुमेको हो।
थापासहित पाँच जनालाई माओवादीले कारबाही गरेपछि सांसद पद रिक्त छ। प्रदेश सभाका आठ सांसदलाई माओवादीले कारबाही गरेकाले ती सांसद पद पनि रिक्त छन्।
प्रदेश १ बाट टंक आङबुहाङ माओवादी छाडेर एमालेमा लागेका छन्। प्रदेश २ बाट रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरले पनि माओवादी केन्द्र छाडेका छन्। लुम्बिनी प्रदेशबाट दिनेश पन्थी र दधिराम न्यौपाने, कर्णाली प्रदेशबाट धर्मराज रेग्मी एमालेमा गएका छन्।
उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग
सांसद पद खारेज परेका क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ । आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसद पद रिक्तको सूचना आएसँगै परामर्शसमेत गरिसकेको छ ।
संविधानमा प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गर्नुपर्ने व्यवस्था छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने