एजेन्सी। भारतको महाराष्ट्रस्थित एक अस्पतालबाहिर अक्सिजन ग्यास चुहावट भएको छ । चुहावट भएपछि अक्सिजनको अभावमा कम्तिमा २२ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
ट्यांकबाट अक्सिजन चुहावट हुँदा ३० मिनेट सम्म बिरामीहरुले अक्सिजन पाएका थिएनन्। मृत्यु हुने सबै भेन्टिलेटरमा रहेका कोभिड १९ संक्रमित थिए। उनीहरुलाई निरन्तर रुपमा अक्सिजन दिनुपर्थ्यो।
बुधबार नाशिकमा अवस्थित डा. जाकिर हुसेन एनएमसी अस्पतालबाहिर अक्सिजन चुहावट भएको र चुहावटका कारण कोरोना संक्रमितको ज्यान गएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोेपेले बताएका छन् ।
‘यो एउटा दु:खद घटना हो । हामीले पूर्ण विवरण प्राप्त गर्ने प्रयास गरिरहेका छौं’, टोपेले भने, ‘हामीले अनुसन्धान गर्न निर्देशन समेत दिएका छौं र जिम्मेवार व्यक्तिलाई कारबाही गरिने छ ।’
‘नाशिकमा ट्याङ्करको टुटीबाट निकै धेरै अक्सिजन चुहावट भएको छ र यसबाट अस्पतालमा निकै ठूलो प्रभाव पर्ने छ’, उनले भने ।
ट्याङ्करबाट अस्पतालमा पुन: अक्सिजन भर्ने क्रममा चुहावट भएको भारतीय समाचार माध्यमले जनाएका छन् । हाल चुहावटलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ । चुहावट भएपछि झण्डै ३० मिनेटसम्म अक्सिजनको आपूर्ति बन्द हुन पुगेको थियो ।
तर एएनआईको ट्विटरमा राखिएको भिडियोमा अस्पतालमा प्रयोग गर्ने अक्सिजन वरपरको क्षेत्रमा फैलिरहेको देख्न सकिन्छ ।
अक्सिजन चुहावट भएका बेला एनएमसी अस्पतालमा झण्डै १७१ जना बिरामी रहेको समेत समाचारमा उल्लेख गरिएको छ । यही भएर ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ । महाराष्ट्र सरकारले यो घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्ने जनाएको छ।
सम्बन्धित खबर
कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
इरानसँग वार्तामा जुट्यो अमेरिका, ट्रम्पले भने- ‘ठूला आक्रमण गर्दैनौँ, युद्ध अन्त्यको प्रयास हुँदैछ’
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’