काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएकोले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा हुने कार्यक्रममा सहभागी नहुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।
सार्वजनिक सूचनामा मन्त्रालयले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा हुने कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नहुन आह्वान गरेको छ । त्यस्ता व्यक्ति र निकायहरुबाट त्यस किसिमका गतिविधिहरु भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याइदिएर सहयोग गर्न समेत मन्त्रालयले आह्वान गरेको छ ।
‘ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगराउनू’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न भनेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘ नेपाललाई ट्रन्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएक कुनै पनि विदेशी नागरिकहरुको कोभिड १९ परीक्षण नगरीदिन हुन सबै प्रयोगशालाहरुलाई निर्देशन गरिन्छ । यस किसिमले निरुत्साहित गर्दै बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको छ ।’
कोभिड १९ को परीक्षण गर्दा नेपाली नागरिक, कुटनीतिक निकाय, मिसनका कर्मचारी तथा उनीहरुको परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै कोरोना परीक्षण गर्न प्रयोगशालाहरुलाई निर्देशन दिइएको छ ।
मन्त्रालयको निर्देशन विपरीत कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुले परीक्षण गर्ने गराउने गरेको पाइएमा नियम अनुसार कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले विज्ञप्तिमार्फत दिएको छ ।

सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने