काठमाडौं । काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ । सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए ।
उनका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो । कोरोना संक्रमण बढेपछि यस्तो गर्नुपरेको उनको भनाइ थियो । ‘होल्ड’ गरेर राखिएकालाई केहीबेरपछि छाडिएको थियो ।
प्रहरीले सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा मास्क नलगाइ हिँड्नेलाई सडकछेउमै उभ्याएर राख्न थालेको हो । कोरोना संक्रमण बढेसँगै मास्क अनिवार्य गरे पनि कैयौँ स्थानमा अझै मास्कबिना हिँडिरहेको पाइएपछि सडक छेउमै उभ्याएर राख्न लागिएको हो ।
कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने विषयमा आजै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
हेटौंडामा सय रुपैयाँ तिरायो
मकवानपुरमा चल्ने सवारी साधनमा आइतबारबाट जोरबिजोर प्रणालीमा लागू भएको छ। मकवानपुरमा कोरोना संक्रमितको दर बढ्दै गएकोले जिल्लाभित्र चल्ने सवारीमा जोर बिजोर प्रणाली लागू गरेको थियो। तर पनि चालकहरूले प्रणाली उल्लङ्घन गर्दै सावरी चलाएको पाइएको छ।
त्यस्तै प्रहरीले मास्क नलगाइ हिँड्ने मानिसलाई समेत कारबाही गरेको छ। प्रहरीले २३ जनालाई एक सय रुपैयाँ जरिवाना समेत तिराएको जानकारी दिएको छ। सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई सङ्क्रमण रोग ऐन, २०३० बमोजिम कारबाही गर्नेछ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष