काठमाण्डौ – कोरोना माहामारीको दोस्रो लहर शुरु भएसँगै सरकारले जारी गरेको निषेधाज्ञाको समयमा पनि उद्योग सञ्चालन गर्न पाउने सहमति भएको छ ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग सचिव अर्जुन पोख्रेल, वाणिज्य सचिव दिनेश भट्टराई, काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन वटै जिल्लाका सीडीओ तथा उद्योग वाणिज्य क्षेत्रका संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिबीच भएको छलफलपछि उक्त सहमति भएको हो ।
जसमा अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योगका कर्मचारीको आवगमनका लागि सम्बन्धित उद्योगले जारी गरेको परिचय पत्रसँगै उक्तउद्योगले निषेधाज्ञा अवधिभर काम गर्न लगाइएको व्यहोराको आधिकारिक पत्र समेत कर्मचारीलाई उपलब्ध गराउनुपर्नेछ ।
साथै उक्त उद्योगले उत्पादन गरेको सामानको विवरण खुलाई अत्यावश्कीय वस्तु भएको र यसको उत्पादन र ढुवानीमा सम्बन्धित कर्मचारी संलग्न भएको व्यहोरा समेत उल्लेख भएको हुनुपर्नेछ ।
उक्त उद्योगका कर्मचारीले परिचय पत्र र उक्त पत्र देखाएर आवतजावत गर्न सक्नेछन् । भने, अत्यावश्यकीय वस्तु बाहेकका उद्योगले सञ्चालन गर्न चाहेमा अनुमतिका लागि उद्योग विभागमा निवेदन दिनुपर्नेछ ।


सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान