नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा पुगेको छ । अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार प्रकाशित गरेका ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरीयतामा नेपाल एक स्थानमाथि उक्लेर १३ औं स्थानमा आएको छ ।
नेपालभन्दा माथि टेस्ट खेल्ने १२ राष्ट्र छन् । नेपालले स्कटल्यान्डलाई उछिन्दै एक स्थान माथि आएको हो । यो नै नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा उत्कृष्ट वरीयता भने होइन् । नेपाल यसअघि ११ औं स्थानसम्म पुगेको थियो । अघिल्लो साता नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेवसीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि नेपालको वरीयता १५ बाट १३ औं स्थानमा आएको हो । प्रतियोगितामा नेपालले ५ मध्येको ४ खेल जितेको थियो । नेदरल्यान्ड्स १७ औं स्थानमा यथावत छ ।
इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड क्रमश: पहिलोदेखि १२औं स्थानमा छन् । यी सबै टेस्ट खेल्ने राष्ट्र हुन् । त्यसपछि वरीयतामा नेपाल रहेको छ । स्कटल्यान्ड, युएई र पपुवा न्यु गिनी क्रमश १४औं देखि १६ औं स्थानमा छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल एक स्थानमाथि उक्लदै १६ औं स्थानमा आइपुगेको छ । नेपालभन्दा माथि एसोसिएट राष्ट्रहरुमा नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डमात्र रहेको छ । यद्यपि नेपालले २०२० को फेब्रुअरी यता कोभिड १९ का कारण कुनै एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छैन ।
न्युजिल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रियमा नयाँ नम्बर एक टोली बनेको छ । पछिल्लो पटक न्युजिल्यान्ड तेस्रो नम्बरमा थियो । नम्बर एक स्थानमा रहेको इंग्ल्यान्ड चौथो स्थानमा खसेको छ । वरीयतामा अस्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छ ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो