सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन्। महामारीको यो समयमा हामीले एक अर्कालाई सेवाभावले सहयोग गर्नुपर्नेमा अनावश्यक दुख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले यस किसिमको अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्नेलाई तत्काल यस्तो कार्य बन्द गर्न सचेत गराउँदै कसैले यस्ता गतिविधि जारी राखे जानकारी गराउन अनुरोध पनि गरेको छ । केही निजी अस्पतालले आईसीयू र बेड लगायतको शुल्क भन्दै चर्को मूल्य तोकिएको दररेट नै सार्वजनिक गरेका थिए । उनहरुले महामारीलाई लुट्ने माध्यम बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ ।

सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु