पूर्वी नेपालमा नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने गरेको पनि खुलेको छ । नक्कली ‘रेम्डेसिभिर’ बनाएर गिरोह नै त्यसको बिक्रीमा सक्रिय देखिएको छ ।
मोरङ प्रहरीले फार्मेसी सञ्चालकसहित दुई जनालाई पक्राउ गरेपछि नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने गरेको रहस्य बाहिरिएको हो । गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ८ हजार देखि २५ हजारसम्म मूल्यमा नक्कली रेम्डेसिभिर बिक्री गर्ने गरेको पाइएको छ । बिरामीको आफन्तलाई उनीहरुले रेम्डेसिभिर भन्दै बिक्री गरी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरको प्रहरीको विशेष टोली र मोरङ प्रहरीले नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने कार्यका संलग्न विराटनगर–४ नोबेल टिचिङि हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ सञ्चालक २६ वर्षीय सोनु आलम र कामदार २३ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो । उनीहरूले भण्डारण गरेको नक्कली रेम्डेसिभिर इन्जेक्सन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरूलाई फार्मेसीदेखि पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
विराटनगरमा नक्कली रेम्डेसिभिरको विक्री वितरण हुने गरेको सूचना पाएपछि आवश्यक अनुसन्धानपछि फार्मेसीमा छापा मार्दा आवश्यक प्रमाणसहित उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए ।
स्टासेफ नामक औषधी वीरगञ्जमा उत्पादन हुने गरेको छ। ‘रेम्डेसिभिरजस्तै आकारप्रकार रहेको स्टासेफ औषधीको प्याकेटमा रेम्डेसिभिरको नक्कली स्टिकर टाँसेर बेच्ने गरेको पाइएको छ,’ खड्काले भने।
आलमसँग मिलेर यादवले भारत पटनाबाट रेम्डेसिभिरको नक्कली स्टिकर ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले बताए। पक्राउ परेका दुबैलाई कालोबजारी, केही सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत कारबाही अघि बढाइएको छ। सो कार्यमा अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशंका प्रहरीको छ।
‘अहिले दुई जना पक्राउ परेका छन्, अनुसन्धान गरिरहेका छौं, अन्य व्यक्तिको संलग्नताबारे खोजी भइरहेको छ,’ खड्काले भने। रेम्डेसिभिर स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर मात्रै कारोबार गर्न पाइन्छ र यो कोरोनाको उपचार हुने सीमित अस्पताललाई मात्र दिइँदै आएको छ।
पक्राउ परेकामध्ये यादव ब्राउनसुगर कारोबारमा संलग्न रहेको पाइएको छ। गते कात्तिक २५ गते विराटनगर-११ बसपार्कनजिकै रहेको रातो भाले होटलबाट प्रहरीले १० ग्राम ब्राउनसुगर बरामद गरेको थियो। उक्त ब्राउनसुगर कारोबारी यादव रहेको खुलेको थियो। उनलाई प्रहरीले खोजी गरिरहेको थियो।
रेम्डेसिभिर के हो ?
जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेम्डेसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमीनिस्ट्रेसनले गत मे मा कोभिड–१९ का बिरामीलाई दिन योग्य रहेको भन्दै प्रयोगका लागि अनुमति दिएको थियो । यसअघि यो औषधिलाई इबोला बिरुद्ध पनि प्रयोग गरिएको थियो
नेपाल मेडिकल काउन्सिलले जारी गरेको ‘इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९’ मा पनि कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग गर्न सकिने उल्लेख छ ।
रेम्डेसिभिर अचूक औषधि पनि हैन, तर फाइदा गर्ने देखिएको छ । यो इन्जेक्सनबाट दिने औषधि हो, त्यसैले मात्रा मिलाएर दिनुपर्छ, जसले पायो त्यसले दिएर हुँदैन । कतिपयमा यसको साइड इफेक्ट पनि देखिएको छ। अक्सिजन कम भएका तर दीर्घरोग नभएका बिरामीलाई प्रयोग गर्न सकिन्छ ।
कोभिड संक्रमितहरुको उपचारमा सलग्न चिकित्सका अनुसार रेम्डेसिभिर चलाउँदा एकजना बिरामीलाई ६ भाइल दिनुपर्छ । ब्लेक मार्केटमा २० हजारका दरले किन्नुपर्दा उक्त औषधिका लागि मात्र एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ । जसले गर्दा संक्रमित बिरामीलाई उपचार निकै महंगो पर्ने गरिरहेको छ ।
सम्बन्धित खबर
सामाजिक सुरक्षा रकमले बालबालिकालाई शैक्षिक सामाग्री
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
दशैं मान्न उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए, विगतमा भन्दा कम गए घर
एमालेले कीर्तिपुरको मैत्रीनगरमा पार्टी कार्यालय भवन बनाउने
देशभर दुर्घटनामा ६ जनाको मृत्यु, ४ जना मृत फेला
विद्युत प्राधिकरणले ४९ उद्योगको सूची निकाल्दै भन्योः कात्तिक ८ भित्र बक्यौता तिर्नू
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०