प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बेलुका राजीनामा दिने भएका छन् । भोलि दिउँसो संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन् । तर, संसदको अंक गणितले उनलाई विश्वासको मत मिल्ने अवस्था छैन । त्यसैले विश्वासको मत नपाएपछि स्वतः राजीनामा दिनुपर्ने भएकाले प्रधानमन्त्रीले राजीनामा दिने पक्का भएको हो ।
जनआस्था अनलाइनका अनुसार स्रोत भन्छ ‘भोलि विश्वासको मत नपाएपछि लगत्तै शीतल निवास पुगेर राजीनामा दिनुहुनेछ । अनि राष्ट्रपतिले पनि त्यहिँ अल्पमतको सरकारको प्रधानमन्त्री बनाएको घोषणा गर्नुहुनेछ । भोलि साँझदेखि सम्भवतः उहाँ ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा कामचलाउ प्रधानमन्त्री बन्नुहुनेछ ।’
यसअघि ०६७ सालमा राजीनामा दिएर १७ राउण्डको चुनाव गर्दा पनि नयाँ सरकार बन्न नसक्दा माधवकुमार नेपालले ७ महिनासम्म कामचलाउ सरकार चलाएजस्तै नयाँ सरकार बन्न नदिने ओलीको अधिकतम कोशिश हुनेछ । सरकारी विश्लेषणअनुसार अहिलेको महामारी अझै ६ देखि ८ महिना लम्बिने छ । यसकारण निर्वाचन र अन्य कार्यक्रम स्वतः केही समयसम्म लम्बिनेमा उनीहरू ढुक्क भएका हुन् ।
थप समाचारका लागि जनआस्था डटकमको यो लिन्क क्लिक गर्नुहोस्
सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ