नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई दिएको ९ बजेसम्मको समयसीमा सकिएको छ। उक्त समयसीमामा ओलीको कुनै प्रतिक्रिया आएको छैन। अब कसरी अघि बढ्ने भन्नेबारे योजना बनाउनका लागि नेपाल समूह अहिले सिंहदरबारमा छलफलमा जुटेका छन्। कठोर निर्णयका लागि बैठक बस्न लागिएको हो । नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन्।
आइतबार साँझ सिंहदरबारमा बसेको सो पक्षको बैठकले दुई विषय अघि सार्दै सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो। बैठकपछि बोल्दै योगेश भट्टराईले बैठकबाट दुई विषय तय गरेको बताएका थिए।
पहिलो, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने। दोस्रो, आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउनुपर्ने। ‘उहाँले त्यो प्रतिबद्धता जनाउनुभयो भने प्रतिनिधि सभामा हाम्रो उपस्थिति हुन्छ। र हामी विश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौं। त्यो स्थिति भएन र एउटा समूहलाई पेल्ने, धकेल्ने, कारबाही गर्ने, हतोत्साही गर्ने, डर धाक धम्की दिने, सत्ताको दुरुपयोग गर्ने जस्ता क्रियाकलापहरु निरन्तर भए भने हामीले भोलि वैशाख २७ गते हामीले जे निर्णय गर्नुपर्ने हो। त्यो निर्णय गर्छौं’, भट्टराईले भनेका थिए।
उनले आफूहरुले सम्पूर्ण सांसद्हरुलाई सोमबार बिहान साढे ९ बजे संसद् सचिवालयमा निमन्त्रणा गरिएको जानकारी दिएका थिए। ‘९ बजेसम्म अध्यक्षको प्रतिबद्धताको प्रतीक्षा गर्छौं। त्यसपछि हामीले गर्नुपर्ने कठोर निर्णय गर्छौं’, उनको भनाइ थियो।
उक्त पत्रबारे अध्यक्ष ओलीले कुनै रेस्पोन्स नगरेकाले अब आफूहरूले बैठक बसेर सामूहिक राजीनामा दिने नेपाल पक्षीय सांसद मेटमणि चौधरीले जानकारी दिए।
‘खै, उताबाट अहिलेसम्म केही रेस्पोन्स आएन। अब हामी बैठक बस्दैछौं। सामूहिक राजीनामाको बाटोतिर जान्छौं होला,’ सांसद चौधरीले भने।
नेपाल समूहले आइतवार नै सामूहिक राजीनामाको तयारी गरेपनि अन्तिम समयमा रोकिएको हो। ओली पक्षबाट संसदीय दलका उपनेता सुवाष नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले सिंहदरबारमा वार्ता गरेपछि राजीनामा रोकेको बताइन्छ। यद्यपि हिजै प्रधानमन्त्री ओलीले फ्लोरक्रस नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका थिए। ओलीले नेपाल पक्षको प्रयासलाई हानिकारक प्रयास भएको आरोप समेत लगाएका थिए।
आइतबार एक वक्तव्य जारी गर्दै एमाले अध्यक्ष ओलीले नेपाल समूहले गरिरहेका क्रियाकलापलाई अपराधकर्मको संज्ञा दिँदै त्यसमा नलाग्न सांसदहरूलाई अपिल गरेका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पक्षले ६ बुँदे प्रस्ताव ओलीसमक्ष राख्दै आज ९ बजेसम्मका लागि अल्टिमेटम दिएका थिए।
आइतबार नै एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले आजको बैठकमा अनिवार्य सहभागी हुन र विश्वासको मतमा मतदान गर्न ह्वीप जारी गरेका थिए।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते