काठमाडौं : सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।
उनका अनुसार कार्यदलमा गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एक-एक चिकित्सक रहेका छन् । कार्यदलले अस्पतालमा सङ्क्रमितका लागि अक्सिजन उपलब्ध गराउने छ ।
नेपालमा अहिले अक्सिजन सिलिण्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११।५ लिटर खपत भइरहेको जनाइएको छ । सरकारले अक्सिजन अभाव हुन नदिन चीन सरकारबाट खाली अक्सिजनका २० हजार सिलिण्डर ल्याउन थालेको छ ।
यी नम्बरमा फोन गर्नुहोस्
सर्वसाधारणलाई कोभिड–१९ महामारीमा कुनै समस्या भए केन्द्रले तीन हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार पाण्डेका अनुसार सर्वसाधारणलाई ०१–४२७१७३०, ०१–४२८६६६० र टोलफ्री नम्बर ११४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिलाई बोलिदिन अनुरोध गर्दै पठाए पत्र
सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी
लुम्बिनीमा मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर आठ बनाइने
रास्वपाले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय महाधिवेशन कार्यतालिका, यस्तो छ चुनावी सेड्युल
भारत जाँदै रास्वपा सभापति रवि, मोदीसँग भेट्ने प्रयास
नेपाललाई बेवास्ता गर्दै नेपाली भूमि लिपुलेक पास भएर मानसरोवर जाँदै भारतीय टोली
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’