नेपालमा प्रत्येक घण्टा ९ संक्रमितको मृत्यु भइरहेको तथ्याङ्क

नेपालमा प्रत्येक घण्टा ९ संक्रमितको मृत्यु भइरहेको तथ्याङ्क

corona-death

निकै घातक बनिरहेको कोरोना संक्रमणका कारण नेपालमा प्रत्येक एक घण्टामा नौ जना संक्रमितको मृत्यु भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप २ सय २५ जना संक्रमितको मृत्यु पुष्टि गरेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ८४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ।

मंगलबार पनि गण्डकीमा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि भएका १२ जनासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८८ पुगेको  छ ।

गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २४ हजार ५०६ पुगेको छ । जसमा ६ हजार ३३ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकीबाट ११२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १८ हजार १८५ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ