निकै घातक बनिरहेको कोरोना संक्रमणका कारण नेपालमा प्रत्येक एक घण्टामा नौ जना संक्रमितको मृत्यु भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप २ सय २५ जना संक्रमितको मृत्यु पुष्टि गरेको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ८४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ।
मंगलबार पनि गण्डकीमा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि भएका १२ जनासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८८ पुगेको छ ।
गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २४ हजार ५०६ पुगेको छ । जसमा ६ हजार ३३ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकीबाट ११२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १८ हजार १८५ पुगेको छ।
सम्बन्धित खबर
विमानस्थलबाट साढे ६ केजी सुन बरामद
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकै विद्यालयका शिक्षक र लेखापालको मृत्यु
धादिङ केन्द्रविन्दु भएर भूकम्प
बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु
आजको मौसम पूर्वानुमान
बेलायतमा रोजगारीका लागि ४५ नेपाली नर्स छनोट
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका