एजेन्सी । ‘हेल्लो एभ्रिवान । मैले यो भिडियो निकै मुस्किलसँग बनाइरहेको छु । म तपाईहरु सबैलाई बताउन चाहन्छु कि कोरोनालाई हल्का नलिनुस् । निकै खराब लक्षण छ । म राम्रोसँग बोल्न पनि सकिरहेकी छैन । तर आफ्नो सन्देश सबै समक्ष पुर्याउन चाहन्छु । कृपया बाहिर निस्किएका बेला, मानिसहरुसँग कुराकानी गर्दा, जहिले पनि मास्क लगाउनुस् ।’
यी कुरा दिल्लीकी ती महिलाले आफ्नो अन्तिम भिडियोमा भनेकी हुन् । यी महिलाले कोरोनाको लडाइँ हारिसकेकी छिन् । तर, आफ्नो अन्तिम भिडियोमा उनले मानिसहरुलाई सम्हालिएर बस्न आग्रह गरेकी छिन् । उनका पति रविचावलाले आफ्नी श्रीमती र नजन्मिएको शिशुको मृत्यु भएको जानकारीसहित यो भिडियो सन्देश ट्वीटरमा पोस्ट गरेका छन् ।
यी महिलाको नाम दीपिका हो । ११ अप्रिलमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । १७ अप्रिलमा उनले यो भिडियो रेकर्ड गराएकी हुन् । त्यतिबेला उनको स्वास्थ्य बिग्रँदै थियो । अन्त्य, २६ अप्रिलमा कोरोनाबाट हार खाएर संसार छाडिन् । दीपिका आफ्ना साढे तीन वर्षका छोरा र पतिलाई छाडेर बिदा भएकी हुन् । दीपिकाका पति रविले ९ मेइमा यो भिडियो ट्वीटरमा शेयर गरेका हुन् । जहाँ उनले लेखेका छन्, ‘उनी पुरै तरिकाले मातृत्वका लागि समर्पित थिइन् र आफ्नो नजन्मिएको बच्चासँगै स्वर्ग गइन् । र, साढे तीन वर्षका बच्चालाई छाडेर गइन्, ह्याम्पि मदर्स डे दीपिका ।’
सम्बन्धित खबर
कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
इरानसँग वार्तामा जुट्यो अमेरिका, ट्रम्पले भने- ‘ठूला आक्रमण गर्दैनौँ, युद्ध अन्त्यको प्रयास हुँदैछ’
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’