देशभर ९ हजार २३८ संक्रमित थपिए, १६८ जनाको मृत्यु पुष्टि

देशभर ९ हजार २३८ संक्रमित थपिए, १६८ जनाको मृत्यु पुष्टि

jageshwar-gautam-health-ministry

काठमाण्डौ – नेपालमा कोरोनाभाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताए ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ