नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । तेस्रो कार्यकालका लागि नियुक्त ओली देशको ४२ औं प्रधानमन्त्रकिा रुपमा नाम लेखाउन पुगेका छन् ।

ओली वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। राष्ट्रपति भण्डारीले वैशाख २७ गते राति नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका रुपमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्। त्यो समयभित्र कसैको पनि दाबी पेस नभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
गठबन्धन सरकारका लागि राष्ट्रपतिले बिहीबार राति ९ बजेसम्मको लागि समय दिएकी थिइन् । यो समयभित्र गठबन्धनले सरकारको दाबी गर्न नआएकाले ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यद्यपि उपधारा (३) अन्तर्गत बनेको सरकारले ३० दिनभित्र विश्वासको मत भने लिनुपर्नेछ ।

प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आफ्नो नयाँ मन्त्रिपरिषद पनि चयन गर्नेछन् । उनले एमालेका असन्तुष्ट पक्ष र जनता समाजावादी पार्टीका नेताहरूलाई समेत समेट्ने उनी निकट स्रोतले बताएको छ । माओवादीका तर्फबाट ७ जना मन्त्री रहेकोमा कोहि सांसद नै नभएको र कोहि माओवादीले कारबाही गरिसकेकाले पुनः नियुक्ति दिन मिल्ने कि नमिल्ने यसबारे टुंगो लागिसकेको छैन ।
एमालेभित्रको विग्रह मिल्ने दिशातिर गएपछि प्रमुख प्रतिपक्षी र माओवादी केन्द्रले गठबन्धन सरकार बन्ने सम्भावना नरहेको निष्कर्ष निकालेका थिए । जनता समाजवादी पार्टी विभाजित एमाले विवाद समाधानउन्मुख भएपछि ओली पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने