अधिकांश देशले कोरोनाको तेस्रो लहर झन घातक हुने ठहरसहित दोस्रो लहरबाटै सावधानीका अनेक उपाय अवलम्बन गरेका छन् । यसअघि विश्वमा फैलिएको स्पेनिस फ्लुमा पनि तेस्रो लहर सबैभन्दा घातक देखिएको भन्दै उनीहरुले सजगता अपनाएका छन् ।
भारतमा कोरोनाको दोस्रो लहरले ठूलो क्षति पुर्याउँदा पनि नेपालमा अझै सर्वसाधारण र सरकारी निकायले हलुका ढंगले लिएको पाइन्छ । संक्रमणले अझ उग्र रुप लिएमा र सावधानी नअपनाएमा जनसंख्याको एउटा महत्वपूर्ण अंश नै लोप हुनसक्ने चेतावनीपूर्ण सन्देशहरु सार्वजनिक हुन थालेका छन् ।
विश्वभर कोरोनाको दोस्रो लहर शुरु भएपछि क्यानाडाले उसका सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाएको छ । त्यहाँ दैनिक मृत्यु हुनेको संख्या बढ्दो छ । घर बाहिर ननिस्कन र आफ्नो घरभित्र कुनैपनि नातेदार, छरछिमेक तथा साथीभाइलाई प्रवेश नगराउन समेत भनिएको छ ।
साउदी अरेबियाले पनि आफ्ना सबै उडानमा प्रतिबन्ध लगाएर सुरक्षित बस्न कोशिस गरिरहेको छ । उता दक्षिण अमेरिकाको कोलम्बिया पूर्णरूपमा बन्द छ । ब्राजिल त्यस्तै समस्यामा परेको छ ।
स्पेनले आपतकाल वा संकटकालको घोषणा गर्ने सम्भावना बढ्दै गएको छ । बेलायतले एक महिनाको लकडाउन घोषणा गरिसकेको छ ।
फ्रान्सले पनि दुई हप्ताको निम्ति लकडाउन भनेको छ । जर्मनीले चार हप्ताको लागि सीमा बन्द गरेको छ । इटाली पनि त्यस्तै खालको निर्णय गर्ने मनस्थितिमा पुगेको देखिन्छ ।
त्यसैले संक्रमणबाट जोगिनको निम्ति स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरिरहेको छ । साथै,अनावश्यक ढंगले घर बाहिर ननिस्कन र आफ्नो घरभित्र कुनैपनि नातेदार, छरछिमेक तथा साथीभाइलाई प्रवेश नगराउनसमेत भनिएको छ ।
महाराष्ट्रमा कोरोनाको नयाँ भेरियन्ट बी १.६१७ को कारण भारतमा बेलायती भेरियन्टभन्दा नयाँ भेरियन्टले बढी संक्रमण गराएको बताइएको छ । यसैबीच भारत सरकारले बुधबार बताएअनुसार बेलायती भेरियन्टको संक्रमण घट्दै गइरहेको बेला देखिएको पछिल्लो भारतीय भेरियन्टले कोभिड रोगलाई झन् बढी जटिल र संक्रमण बिस्तार गर्ने छ ।
भारत सरकारको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका निर्देशक सुजित सिंहका अनुसार ‘बेलायती भेरियन्टभन्दा महाराष्ट्रमा फेला परेको नयाँ भेरियन्टको कारण पछिल्लो डेढ महिनामा कोरोना संक्रमण अस्वाभाविक ढंगले बढेको हुनसक्छ ।’
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष