अधिकांश देशले कोरोनाको तेस्रो लहर झन घातक हुने ठहरसहित दोस्रो लहरबाटै सावधानीका अनेक उपाय अवलम्बन गरेका छन् । यसअघि विश्वमा फैलिएको स्पेनिस फ्लुमा पनि तेस्रो लहर सबैभन्दा घातक देखिएको भन्दै उनीहरुले सजगता अपनाएका छन् ।
भारतमा कोरोनाको दोस्रो लहरले ठूलो क्षति पुर्याउँदा पनि नेपालमा अझै सर्वसाधारण र सरकारी निकायले हलुका ढंगले लिएको पाइन्छ । संक्रमणले अझ उग्र रुप लिएमा र सावधानी नअपनाएमा जनसंख्याको एउटा महत्वपूर्ण अंश नै लोप हुनसक्ने चेतावनीपूर्ण सन्देशहरु सार्वजनिक हुन थालेका छन् ।
विश्वभर कोरोनाको दोस्रो लहर शुरु भएपछि क्यानाडाले उसका सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाएको छ । त्यहाँ दैनिक मृत्यु हुनेको संख्या बढ्दो छ । घर बाहिर ननिस्कन र आफ्नो घरभित्र कुनैपनि नातेदार, छरछिमेक तथा साथीभाइलाई प्रवेश नगराउन समेत भनिएको छ ।
साउदी अरेबियाले पनि आफ्ना सबै उडानमा प्रतिबन्ध लगाएर सुरक्षित बस्न कोशिस गरिरहेको छ । उता दक्षिण अमेरिकाको कोलम्बिया पूर्णरूपमा बन्द छ । ब्राजिल त्यस्तै समस्यामा परेको छ ।
स्पेनले आपतकाल वा संकटकालको घोषणा गर्ने सम्भावना बढ्दै गएको छ । बेलायतले एक महिनाको लकडाउन घोषणा गरिसकेको छ ।
फ्रान्सले पनि दुई हप्ताको निम्ति लकडाउन भनेको छ । जर्मनीले चार हप्ताको लागि सीमा बन्द गरेको छ । इटाली पनि त्यस्तै खालको निर्णय गर्ने मनस्थितिमा पुगेको देखिन्छ ।
त्यसैले संक्रमणबाट जोगिनको निम्ति स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरिरहेको छ । साथै,अनावश्यक ढंगले घर बाहिर ननिस्कन र आफ्नो घरभित्र कुनैपनि नातेदार, छरछिमेक तथा साथीभाइलाई प्रवेश नगराउनसमेत भनिएको छ ।
महाराष्ट्रमा कोरोनाको नयाँ भेरियन्ट बी १.६१७ को कारण भारतमा बेलायती भेरियन्टभन्दा नयाँ भेरियन्टले बढी संक्रमण गराएको बताइएको छ । यसैबीच भारत सरकारले बुधबार बताएअनुसार बेलायती भेरियन्टको संक्रमण घट्दै गइरहेको बेला देखिएको पछिल्लो भारतीय भेरियन्टले कोभिड रोगलाई झन् बढी जटिल र संक्रमण बिस्तार गर्ने छ ।
भारत सरकारको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका निर्देशक सुजित सिंहका अनुसार ‘बेलायती भेरियन्टभन्दा महाराष्ट्रमा फेला परेको नयाँ भेरियन्टको कारण पछिल्लो डेढ महिनामा कोरोना संक्रमण अस्वाभाविक ढंगले बढेको हुनसक्छ ।’
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते