नयाँ सरकारमा उही पूरानै २२ मन्त्री र तीन राज्यमन्त्री, कसलाई के जिम्मेवारी ?

नयाँ सरकारमा उही पूरानै २२ मन्त्री र तीन राज्यमन्त्री, कसलाई के जिम्मेवारी ?

kp-oli-safat-4

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा भएको छ ।

विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिए ।

गृहमन्त्री थापाको नियुक्ति निर्वाचन आचारसंहिता उल्लंघन

निर्वाचन आयोगले ६ जेठमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा बिहीबार जारी सूचना अनुसार, २९ वैशाखदेखि उपनिर्वाचन सम्पन्न नहुँदासम्मका लागि बागमती प्रदेशभरि आचारसंहिता लागू भइसकेको छ।

निर्वाचन आचारसंहिता, २०७२ मा नेपाल सरकार र नेपाल सरकारका मन्त्री लगायतलाई नै आचारसंहिता लागू हुने स्पष्ट उल्लेख छ। तर, उपनिर्वाचनमा राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थापा भने पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्।

नवनियुक्त गृहमन्त्री थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्वाचनका जानकारहरू भने उम्मेदवार बनेको व्यक्तिले नियुक्ति लिनु आचारसंहिता विपरीत भएको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ