कवि एवं गीतकार, चलचित्रकर्मी चेतन कार्कीको ८४ वर्षको उमेरमा आइतबार निधन भएको छ। अस्वस्थ भएपछि उनलाई गत आइतबार छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान सवा १० बजे निधन भएको चलचित्र निर्देशक प्रकाश सायमीले जानकारी दिएका छन् ।
परिवारका अनुसार उनी १६ वैशाखमा भारतको देहरादूनबाट काठमाडौं आएका थिए। ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पनि देखिएको थियो।
उपन्यासकार एवं चलचित्रकर्मी कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषामा पनि कलम चलाएका छन्। उनका कविताकृत नेपाली, हिन्दी र उर्दू भाषामा प्रकाशित छन्। जून निदाउन थाल्यो, माया प्रितिको चोखो कथा, (नेपाली भाषामा), कल्पना टूट चुकी है (हिन्दी कविता संग्रह), दिल जिगर के टुकडे (उर्दू भाषामा) प्रकाशित छन् । साइट साउण्ड एण्ड पल्स पुस्तक पनि अंग्रेजीमा अन्य सह लेखकका साथ प्रकाशित छ ।
उनले ५० भन्दा बढी चललिचमा काम गरेका छन्। चेतनले कथा, पटकथा, सम्वाद, निर्देशन, प्राविधिक सल्लाह तथा गीत लेखनमा संलग्न भए । ‘तीजको रहर आयो बरी लै’ सदावहार गीत उनकै हो । कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए ।
कार्कीका प्रकाशित उपन्यासहरुमा आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमून चर्चित छन् । आत्मा बेचेको छैन उपन्यासको पृष्ठभूमिमा उनको जीवन र उनले भोगेको परिवेश छ । देशको मायाले उनी लाहुरबाट फर्किए । तर, देशमा आएर उनले दुःख पाए । पोखरामा मत्स्य विभागमा काम गरेका उनले ६ वर्ष ४ महिना जागिर खाए । त्यसपछि त्यहाँ राजीनामा दिएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरे । पोखरामा चेतन कार्की र भूपि शेरचनको दोस्ती निकै जमेको थियो ।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते