कपा एमालेको विवाद मिलाउनका लागि कार्यदल बनेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच सिंहदरबारमा भएको वान टु वान वार्ताले कार्यदलबारे टुंगो लगाएको हो।
२०७५ जेठ २ फर्कने र बाँकी विवाद मिलाउन कार्यदल बनाउने सहमति भएको नेता नेपालले बताए। उनले कार्यदलका सदस्यबारे टुंगो लागेको जानकारी दिएका छन्।
नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल,गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघु जी पन्त वार्ता टोलीमा छन् भने ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेको नेपालले बताए।
उनका अनुसार कार्यदललाई ३ दिनको समय दिइएको छ। समयसीमा बढाउन सकिने विषयमा समेत छलफल भएको छ। प्रधानमन्त्री ओलीले नेता नेपालसँगको वार्ता सकारात्मक रहेको प्रतिक्रिया सञ्चारकर्मीहरुसँग दिए। अब एमाले एकता हुन्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने- एकदमै।
शुक्रबारको वार्तामा दुवै पक्षबाट कार्यदलमा बस्न सक्ने नेताहरुलाई पनि राखिएको थियो। तर आज दुईजना नेताबीच मात्रै एक्ला एक्लै वार्ता भएको हो।
यसअघि विभाजनको डिलमा पुगिसकेको एमाले एक हुनुपर्ने भन्दै दबाब बढेपछि दुई नेताबीच सहमति भएको थियो। राजीनामा लिएर सिंहदरबार पुगेका नेपाल समूहका नेताहरुलाई ब्याक गराएर ओलीले सहमति गर्ने प्रतिवद्धता जनाएका थिए।
तर, एमाले बैठकमा माओवादीबाट पुस ५ पछि आएका रामबहादुर थापा बादल सहभागी भएसँगै नेपाल समूहका नेताहरु सशंकित भएको छ। नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राखेको छ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो