कपा एमालेको विवाद मिलाउनका लागि कार्यदल बनेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच सिंहदरबारमा भएको वान टु वान वार्ताले कार्यदलबारे टुंगो लगाएको हो।
२०७५ जेठ २ फर्कने र बाँकी विवाद मिलाउन कार्यदल बनाउने सहमति भएको नेता नेपालले बताए। उनले कार्यदलका सदस्यबारे टुंगो लागेको जानकारी दिएका छन्।
नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल,गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघु जी पन्त वार्ता टोलीमा छन् भने ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेको नेपालले बताए।
उनका अनुसार कार्यदललाई ३ दिनको समय दिइएको छ। समयसीमा बढाउन सकिने विषयमा समेत छलफल भएको छ। प्रधानमन्त्री ओलीले नेता नेपालसँगको वार्ता सकारात्मक रहेको प्रतिक्रिया सञ्चारकर्मीहरुसँग दिए। अब एमाले एकता हुन्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने- एकदमै।
शुक्रबारको वार्तामा दुवै पक्षबाट कार्यदलमा बस्न सक्ने नेताहरुलाई पनि राखिएको थियो। तर आज दुईजना नेताबीच मात्रै एक्ला एक्लै वार्ता भएको हो।
यसअघि विभाजनको डिलमा पुगिसकेको एमाले एक हुनुपर्ने भन्दै दबाब बढेपछि दुई नेताबीच सहमति भएको थियो। राजीनामा लिएर सिंहदरबार पुगेका नेपाल समूहका नेताहरुलाई ब्याक गराएर ओलीले सहमति गर्ने प्रतिवद्धता जनाएका थिए।
तर, एमाले बैठकमा माओवादीबाट पुस ५ पछि आएका रामबहादुर थापा बादल सहभागी भएसँगै नेपाल समूहका नेताहरु सशंकित भएको छ। नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राखेको छ।
सम्बन्धित खबर
उड्दै गरेको तारा एयरको झ्यालको सिसा खस्यो
आज बालाचतुर्दशी : पितृका नाममा शतबीज छरिँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
विमानस्थलबाट साढे ६ केजी सुन बरामद
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकै विद्यालयका शिक्षक र लेखापालको मृत्यु
धादिङ केन्द्रविन्दु भएर भूकम्प
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका