पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहेकै बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर मदन आश्रित जीप दुर्घटनाको अन्तिम निक्र्योल गर्नुपर्ने माग गरेका हुन् ।
साथै उनले मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदन भण्डारीको उत्तराधिकार दाबी गर्ने ओली प्रधानमन्त्री भएका बेला यो घटनाको सत्यतथ्य छानिबन हुनुपर्ने पनि बताएका छन् ।
‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रधानमन्त्री भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं’, भट्टराईले ट्वीटमा लेखेका छन्, ‘नत्र उहाँहरुको नाममा स्वार्थको रोटी सेक्न छोडौं ।’
२०५० साल जेठ ३ गते एमालेका तत्कालिन महासचिव रहेका भण्डारी र संगठन प्रमुख रहेका आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटना भएको थियो । दुर्घटनामा दुवै जनाको मृत्यु भएको थियो भने जीपका चालक अमर लामा जिवित थिए । तर उनको पनि केही समयपछि काठमाडौँको कीर्तिपुरमा लगेर गोली हानी हत्या गरिएको थियो ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने