काठमाडौं– नेकपा एमालेले आज २८ औं मदन–आश्रित दिवस मनाउँदै छ। स्मृति दिवसको अवसर पारेर एमाले नेताहरु पुरानो पार्टी मुख्यालय मदननगर(बल्खु) पुगेका छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन्।
त्यसपछि महासचिव ईश्वर पोखरेलले मदनप्रति श्रद्धान्जली अर्पण गरे । पोखरेलपछि हालै माओवादी केन्द्र छाडेर एमाले गएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि मदनप्रति श्रद्धान्जली अर्पण गरे ।
कार्यालय सचिव तामाङका अनुसार उनले माधव नेपालसहितका सबै नेताहरुलाई श्रद्धान्जली अर्पण गर्ने कार्यक्रमका लागि एसएमएसमार्फत खबर गरेका थिए । तर, नेपाल भने बल्खु गएनन् । तर, उनी पक्षीय नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाल बल्खु पुगेका थिए ।
कार्यक्रममा वामदेव गौतम लगायतका नेता सहभागी थिए।यसअघिका वर्षहरुमा स्मृति दिवमा बल्खुमा एमाले नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति हुने गरेको थियो भने एमालेले विषेश कार्यक्रम गर्ने गरेको थियो।
कोभिड महामारी र निषेधाज्ञाका कारण शीर्ष नेताहरुमात्र उपस्थित भएर श्रद्धान्जली दिइएकाले कसैले पनि भाषण नगरेको एमाले केन्द्रीय कार्यलय सचिव शेरवहादुर तामाङले बताए । भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान