प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ सपथविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ सपथविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

sarbocha-oli

काठमाण्डौ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ मा लिएको शपथ बदर गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानमन्त्रीको शपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले मंगलवार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कानुनले तोकेको ढाँचामा नभएको, त्यसमाथि प्रधानमन्त्रीले शपथ रितपूर्वक नलिएको भन्दै सर्वोच्च अदालतमा अधिवक्ताहरु चन्द्रकान्त ज्ञवालीलगायतले प्रधानमन्त्रीले सपथको अंश छुटाएकाले पुनः सपथ लिनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिट विरुद्ध प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ