नेपालमा पछिल्लो समय व्यापक रुपमा फैलिरहेको कोरोनामध्ये अधिकांश रुपमा भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२)’ भाइरस रहेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।
मन्त्रालयका अनुसार गत साता ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी.१.६१७.१’ भाइरस रहेको पाइएको मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयले ३५ वटा नमुना विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको भारतको सीएसआईआर– इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा जीन सिक्वेन्सिङका लागि पठाएको थियो । त्यहाँ गरिएको परीक्षण पछि नेपालमा हाल मुलभूत रुपमा कोरोना भाइरसका तीनवटा भेरियन्ट फैलिरहेको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनस्थित उच्च स्रोतका अनुसार पनि नेपालमा हाल फैलिरहेकोमध्ये ७० प्रतिशत भाइरस भारतीय डबल म्यूटेन्ट हो भने बाँकी ३० प्रतिशत यूके भेरियन्ट तथा पुरानै भेरियन्ट हो । ‘हामीले आन्तरिक रुपमा अध्ययन गर्दा अधिकांश रुपमा भारतीय डबल म्यूटेन्ट नै हाल व्यापक रुपमा फैलिएको पाएका छौं,’ नाम उल्लेख नगर्ने सर्तमा विश्व स्वास्थ्य संगठनस्थित स्रोतले भन्यो, ‘अहिले मन्त्रालयले गराएको जीन सिक्वेन्सिङले त्यसैलाई पुष्टि गरेको छ ।’
विश्व स्वास्थ्य संगठनले वैशाख २७ गते भारतीय डबल म्यूटेन्ट भेरियन्टलाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ (याद गर्नुपर्ने भेरियन्ट) भनी घोषणा गरिसकेको छ । यो भाइरस सबै उमेर समूहमा धेरै संक्रामक तथा जोखिमपूर्ण रहेको पत्ता लागिसकेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले पहिलो लहरको समयमा कोरोना भाइरसको जीन सिक्वेन्सिङ गरेर अध्ययन गर्दा नेपाल तत्कालीन अवस्थामा फैलिएको भाइरसमा पनि केही आनुवांशिक परिवर्तन भने देखिएको थियो । तर, उक्त परिवर्तनले के कस्तो असर गर्छ वा गर्दैन भन्ने अध्ययन भने गरिएन ।

सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो