राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन्।
अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै मैले रिट दर्ता गरेको उनीहरुले जनाएका छन् ।
संविधानको ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी सूचना गैरसंवैधानिक रहेको उनको रिटमा उल्लेख छ।
‘नयाँ सरकार गठनका लागि त प्रधानमन्त्रीले राजीनामा पत्र दिनुपर्छ नभए संसदबाट विश्वासको मत गुमाएको हुनुपर्छ, प्रधानमन्त्रीको पद रिक्त नभई नयाँ सरकार गठनको आह्वान हुन सक्दैन, राष्ट्रपतिले संविधानको धारा ६१ को ४ बमोजिमको कर्तव्य पालना गर्नुभएको छैन ।’ रिटमा उल्लेख छ
सम्बन्धित खबर
यी स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना
माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा लक्ष्मी पक्राउ
तीन विधामा २०८० सालको अन्तर्दृष्टि पुरस्कार घोषणा
आज देशभरको मौसम कस्तो रहन्छ?
इलामबाट बनभोजका लागि नमस्ते झरना जाँदै गरेको बस दुर्घटना
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका