प्रधानमन्त्री केपी शर्मा ओलीले गत ०७७ पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले पुनर्स्थापित गरेपनि फेरि भंग भएको छ ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग हुन पुगेको हो । मध्येरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि काार्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर सिफारिस गरेको हो ।
राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्यो । बैठक राति १ बजे सकिएको छ । राष्ट्रपतिले मध्येराति झण्डै १२ बज्न लाग्दा दुवै जना नयाँ प्रधानमन्त्री बन्ने आधार नभएको भन्दै विज्ञप्ति जारी गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको यो दोस्रो पटक हो । यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति तोकेका थिए । तर फागुन ११ गते सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गरिदिएको थियो ।
सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज [विज्ञप्तिसहित]
सम्बन्धित खबर
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
आज राति १२ बजेदेखि नेपालसँग जोडिएका भारत चीन सीमा नाका बन्द हुने
निर्वाचनका दिन क-कसलाई चाहिन्छ सवारी पास?
‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे होस् भन्ने पक्षमा ?’
दुर्गा प्रसाईं फेरि पक्राउ
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला