काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसद्ीय व्यवस्थाको विरोध गर्दै जनसमत संग्रहको माग गरेका छन्। प्रधानमन्त्री केपी ओलीले फेरि संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि विप्लवले जनमत संग्रहको माग गरेका हुन्।
विप्लवले संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै जनमत संग्रहको माग गरेका हुन्। उनले जनमत संग्रहका लागि संयुक्त सरकार बनाउन सबै दल सहमत भए आफू पनि सहभागी हुनेसमेत बताएका छन्।
‘२०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसद्ीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खाँदैन, यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही साबित भएको छ’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘राज्यको सङ्कटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ। त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवादवाद लालपुँजीवाद रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ। जनमत सङ्ग्रहका लागि राजनीतिक पार्र्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौँ।’

सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान