काठमाण्डौ । प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई कडा निर्देशन दिएको छ ।
गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समिक्षा भएको र यसलाई अझ सशक्त बनाउने बारे थप निर्देशन दिइएको बताए ।
बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई परिपत्र गरी कुनै पनि हालतमा भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको छ ।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ
आजको मौसम पूर्वानुमान
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
पशुपति क्षेत्रमा आजदेखि मासु तथा मदिरा प्रयोगमा रोक
भरतपुरका घर घरमा स्वास्थ्य सेवा, मेयर दाहालद्वारा कार्यक्रमको उद्घाटन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका