नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जना नेतालाई पनि कारवाही प्रक्रिया अघि बढाएको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले विघटित प्रतिनिधिसभाका सदस्यहरु जो देउवाको पक्षमा रिट लिएर गए उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
झलनाथ र माधव नेपालसहित ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि कारवाही अघि बढाइएको हो । स्पष्टिकरण सोधिनेमा निवर्तमान सांसद यसप्रकार छन् :
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
घनश्याम भुसाल
सोमप्रसाद पाण्डे
कृष्णलाल महर्जन
झपट रावल
झलनाथ खनाल
भवानी प्रसाद खापुङ
यज्ञ सुनुवार
सुरेन्द्र पाण्डे
मेटमणि चौधरी
दिपक प्रकाश भट्ट
नारायण खतिवडा
माधव नेपाल खेमामा रहेर अध्यक्ष ओलीको कडा आलोचना गर्दै आएपनि देउवालाई प्रधानमन्त्रीमा समर्थनमा हस्ताक्षर नगर्ने योगेश भट्टराई र गोकर्ण विष्ट भने ‘सेफ जोन’ मा छन् ।
सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
सम्बन्धित खबर
त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता
यी स्थानमा बदली र वर्षाको सम्भावना
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासत राख्न अनुमति
सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्रीका लागि स्वास्थ्य मन्त्रीको पहल
बेलायत पलायन भइसकेपछि लुम्बिनीकी सांसद गीताले उतैबाट राजीनामा पठाएको खुलासा
केटी साथीको कोठामा गएका युवकको गयो ज्यान
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति