पोखरा । विश्व वातावरण दिवसका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्यमा ‘खाद्य हरियाली शहर कार्यक्रम’ अन्तर्गत पोखरा महानगरपालिका–३३ भरतपोखरीमा तुलसी खेती शुरु गरिएको छ । साना–ठूला गरेर तीनवटा टनेलमा दुई किलो तुलसीको बीउ छरिएको बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले जानकारी दिए।
बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सेवा क्षेत्रका करिब २०० घरलाई प्रतिघर ५० वटा तुलसीका बिरुवा वितरण गर्दै तुलसी खेतीप्रति आकर्षित गरिने उनले बताए। लम्सालका अनुसार बिरुवा रोपेको ८० देखि ९० दिनसम्ममा तुलसी टिपेर बिक्रीका लागि तयार हुन्छ । तयार भएको तुलसीको बजारीकरणको जिम्मा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीले लिने छ।
तुलसीको पत्ताबाट चिया र तुलसी बीउको माग अत्यधिक रहेकाले उत्पादनपछिको समस्या नरहेको चौतारीका सचिव मोती भुजेलले बताए। तुलसी महत्वपूर्ण बिरुवा हो, थाहा थियो तर खेती नै गरिन्छ भन्ने जानकारी नभएको बताउँदै श्री गैरी भञ्ज्याङ काफलडाँडा वन उपभोक्ता समूहका अध्यक्ष नीलराज आचार्यले वन उपभोक्ता समूहका सबैलाई यसमा जोडिन आह्वान गर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्बन्धित खबर
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
देश बनाउन अब एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
गोरखामा ब्ल्याङ्केटमा बेरेर नालामा फालिएको अवस्थामा युवतीको शव फेला
कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका