पोखरा । विश्व वातावरण दिवसका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्यमा ‘खाद्य हरियाली शहर कार्यक्रम’ अन्तर्गत पोखरा महानगरपालिका–३३ भरतपोखरीमा तुलसी खेती शुरु गरिएको छ । साना–ठूला गरेर तीनवटा टनेलमा दुई किलो तुलसीको बीउ छरिएको बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले जानकारी दिए।
बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सेवा क्षेत्रका करिब २०० घरलाई प्रतिघर ५० वटा तुलसीका बिरुवा वितरण गर्दै तुलसी खेतीप्रति आकर्षित गरिने उनले बताए। लम्सालका अनुसार बिरुवा रोपेको ८० देखि ९० दिनसम्ममा तुलसी टिपेर बिक्रीका लागि तयार हुन्छ । तयार भएको तुलसीको बजारीकरणको जिम्मा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीले लिने छ।
तुलसीको पत्ताबाट चिया र तुलसी बीउको माग अत्यधिक रहेकाले उत्पादनपछिको समस्या नरहेको चौतारीका सचिव मोती भुजेलले बताए। तुलसी महत्वपूर्ण बिरुवा हो, थाहा थियो तर खेती नै गरिन्छ भन्ने जानकारी नभएको बताउँदै श्री गैरी भञ्ज्याङ काफलडाँडा वन उपभोक्ता समूहका अध्यक्ष नीलराज आचार्यले वन उपभोक्ता समूहका सबैलाई यसमा जोडिन आह्वान गर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ