काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए ।
मंगलबार बिहान ११ बजेर २० मिनेटमा श्रेष्ठ आफैँले चलाएर बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोकमा पुगेका थिए । सडकबाट केही पर खाली जग्गामा गाडी पार्किङ गरेपछि कारभित्रैबाट आगो सल्किएको प्रत्यक्षदर्शीहरुले देखेका थिए । घटनास्थल नजिकै रहेका एक जना युवकले आगो लागेको देखेपछि दौडिँदै गएर कारको अगाडि पट्टिको ढोका खोलेको सिसिटिभी फुटेजमा देखिएको छ । चालक सिटसँगैको ढोका खोल्दा उनको समेत हातमा पोलेपछि उनी फर्किएको फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
घटनास्थलमा पुगेका प्रहरीले आगो निभाउने प्रविधिको प्रयोग गरेर आगलागी नियन्त्रणमा लिँदा श्रेष्ठ चालक सिटमा मृत अवस्थामा भेटिएका थिए । ७० वर्षीय श्रेष्ठ औषधी व्यवसायी हुन् ।
उनले चलाएको कार २०६२ कार्तिक २७ मा नबिल बैंकबाट ऋण लिएर खरिद गरेको भेटिएको छ । यातायात व्यवस्था विभागको रेकर्ड अनुसार कार सुरेशचन्द्र र रजनी श्रेष्ठको रहेको भेटिएको छ ।
कोरोना संक्रमण शुरु भएपछि औषधीको व्यापारमा घाटा भएसँगै उनी ऋणमा डुबेका थिए । आर्थिक रूपमा कमजोर भएपछि उनी तनावमा रहेको बताइन्छ । पछिल्लो समय सुरेशचन्द्र आर्थिक रूपमा कमजोर भएको र तनावको कारण उनले कारभित्रै आगो सल्काएर आत्मदाह गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको काठमाडौँ प्रहरी बताउँछ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा