पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो

दुर्घटना

पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो

उद्धार अभियान अस्थायी रूपमा स्थगित

nirmal-purja

पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा स्थगित गरिएको छ।

नेपालका पर्वतारोहण गाइड पुरबहादुर गुरुङ र ओमानकी एक महिला आरोहीको शव पाकिस्तानी सेनाको हेलिकोप्टरमार्फत स्कार्दु पुर्‍याएपछि उद्धार अभियान रोकिएको हो।

८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको घातक हिमपहिरोपछि थालिएको उद्धार अभियान मौसम र सञ्चालन अवस्थाको मूल्याङ्कन गर्दै शनिबार फेरि अघि बढाइने अधिकारीहरूले बताएका छन्। पाकिस्तानी सेनाको हेलिकोप्टर, उच्च हिमाली भरिया (हाइ अल्टिच्युड पोर्टर) र उद्धारकर्मीले अत्यन्त कठिन परिस्थितिमा खोज तथा उद्धार अभियान चलाएका छन्।

हिमपहिरोमा परेपछि विश्व चर्चित बेलायती–नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ र उनको १० सदस्यीय टोली अझै सम्पर्कविहीन भएको थियो । जसमा चार जनाको शव फेला भेटिँदा अन्यको अवस्था अज्ञात छ।

चार शव भेटिए

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अरशद खानले इन्स्टाग्राममार्फत जानकारी दिँदै स्थलमार्गबाट खटिएका उद्धार टोलीले चार जनाको शव भेटिएको बताएका छन्।

यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले घटनास्थलमा शव भेटिएको भन्ने सूचना आएको स्वीकार गरे पनि त्यसबारे आधिकारिक पुष्टि नभएको बताएकी थिइन्।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल (१४ पिक्स) आरोहण गर्ने चुनौतीप्रति पछिल्ला वर्षहरूमा आकर्षण बढेसँगै पाकिस्तानी हिमाल नेपाली शेर्पाहरूको दोस्रो ठूलो रोजगारीको गन्तव्य बनेका छन्।

विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पाँचवटा पाकिस्तान, दुईवटा चीन (जसमध्ये सगरमाथा नेपालबाट पनि आरोहण गरिन्छ) र आठवटा नेपालमा रहेका छन्।

वसन्त याममा नेपालका हिमालमा काम गर्ने शेर्पाहरू मनसुन सुरू भएपछि पाकिस्तानको आरोहण मौसमका लागि जाने गर्छन् । त्यसपछि उनीहरू शरदकालीन आरोहणका लागि पुनः नेपाल फर्किने गर्छन्।

नेपाली पर्वतारोही तथा लेखक खिमलाल गौतमका अनुसार ‘१४ पिक्स’ पूरा गर्ने प्रतिष्ठा बढ्दै जाँदा पाकिस्तानका हिमाल नेपाली शेर्पाहरूको दोस्रो प्रमुख कार्यस्थल बनेका छन्। नेपाली शेर्पाहरू युरोप, अमेरिका र अन्टार्कटिकासम्मका हिमालहरूमा पनि उत्तिकै माग भएका गाइडमा पर्ने उनले बताए ।

निर्मल ‘निम्सदाइ’ पुर्जाले सन् २०१९ मा विश्वका १४ वटा अग्ला हिमाल केवल ६ महिनामै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। यसअघि उक्त कीर्तिमान करिब आठ वर्षको थियो।

उनको यो यात्रालाई ‘प्रोजेक्ट पसिबल’ नाम दिइएको थियो, जसलाई ‘१४ पीक्स : नोथिङ इज इम्पोसिबल’ नामक वृत्तचित्रमा पनि समेटिएको छ।

सन् २०१९ मै सगरमाथा आरोहणका क्रममा उनले शिखर पुग्न लामबद्ध भएर पालो कुरिरहेका आरोहीहरूको तस्बिर सार्वजनिक गरेका थिए। उक्त तस्बिर विश्वभर भाइरल बनेको थियो र सगरमाथामा बढ्दो भीड तथा त्यसबाट सिर्जित जोखिमबारे व्यापक बहस सुरु भएको थियो।

निम्सदाइले आफ्नो अभियानको उद्देश्य पर्वतारोहण मात्र नभई मानिसहरूलाई आफ्ना लक्ष्य पछ्याउन प्रेरित गर्नु रहेको बताउँदै आएका छन्। उनले बीबीसीसँग भनेका थिए, ‘यो केवल हिमाल चढ्ने विषय होइन, आफ्नो लक्ष्य पछ्याउने विषय हो।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ