पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोना सङ्क्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहनुभएका उनलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकामा आज बिहान ३ः१० बजे उपचारका क्रममा निधन भएको हो । कास्कीको पुरञ्चौरमा जन्मिई हाल पोखरा महानगरपालिका–५ मा स्थायी बासिन्दा भएका स्व बाँस्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् ।
पोखरामा झण्डै चार दशक पत्रकारिता गर्नुभएका स्व बाँस्तोलाले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गरेका थिए।
यसैबीच बाँस्तोलाको निधनप्रति नेपाल पत्रकार महासङ्घ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलिसभामा महासङ्घका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उनले गरेका योगदानको चर्चा गरेका थिए। असामयिक निधनप्रति नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिलगायतका पत्रकार सम्बद्ध सङ्घसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।
बाँस्तोलाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील, इमान्दार र यस क्षेत्रको एक अभिभावक गुमाएको उल्लेख गर्दै विज्ञप्तिमा स्व पत्रकार बाँस्तोलाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यसअघि कास्कीका युवा पत्रकार जगन्नाथ पौडेल (गणेश) को पनि कोरोना सङ्क्रमण भई निधन भएको थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो