साफ च्यापियनसिप र एसियन कपको तयारीका लागि बन्द प्रशिक्षण बोलाइएका राष्ट्रिय फुटबल टिमका ११ खेलाडीको अघिल्लो दिन कोरोना पोजेटिभ नतिजा आएकोमा भोलिपल्टै नेगेटिभ आएको छ ।
खेलाडीहरूको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। जसमा बेलुका रिपोर्ट आउँदा ११ जना खेलाडीसहित २० जनालाई पोजेटिभ देखिएको थियो। जसका कारण विहीबार देखि सुरु हुने भनिएको बन्द प्रशिक्षण स्थगित गरियो।
तर विहीबार परीक्षण गर्दा सबै खेलाडीको नतिजा नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
कुवेत भएको विश्वकप छनोट खेलेर फर्किएको नेपाली टिमले यसअघि कोरोनाको खोप लगाएको थियो।
साफ च्याम्पियनसिप र एएफसी कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो। राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टिम घोषणा गरेका थिए।
प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तय थियो। प्रशिक्षण दुई चरणमा हुनेछ। एउटा टोलीले बिहान तथा अर्को टोलीले अपराह्न अभ्यास गर्ने छ।
बन्द प्रशिक्षणका लागि अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ टिममा छन्।
यसैगरी अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, नीरज बस्नेत र निशान खड्का पनि बन्द प्रशिक्षणका लागि छनोटमा छन्।
यस्तै छनोट गरिएका अन्य खेलाडीमा नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेको एन्फाले जनाएको छ।
साफ च्याम्पियनसिप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ।
सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो