प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला प्रति विपक्षी गठबन्धनले स्वागत गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली समूहले आपत्ति जनाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश नै दिएपछि काँग्रेसले दिल खोलेर स्वागत गरेको छ । देउवा निवासमा बधाई दिने भिड समेत लागिसकेको छ ।
ओली समूहले भने उक्त निर्णयले राजनीतिक अस्थिरता बढ्ने भन्दै आन्दोलनको चेतावनी दिएको छ। युवा संघले अदालतको फैसला कार्यान्वयन नगर्न भन्दै आन्दोलन घोषणा गरेको छ। ओली निकट नेता महेश बस्नेतले आन्दोलनका लागि आह्वान समेत गरेका छन्।
यसअघि नै असार १८ र १९ गते बालुवाटारमा सम्पन्न एमालेको केन्द्रीय कमिटीको बैठकमा ओलीले आन्दोलनका लागि तयार रहन निर्देशन दिएका थिए।
ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अदालतको फैसलाले अस्थिरता बढाउने बताएका छन्। ुसंसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनतादे अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो’ पोखरेलले भनेका छन्।
यस्तै, विपक्षी गठबन्धनले भने अदालतको फैसलाको स्वागत गरेको छ। गठबन्धनमा आवद्ध राजनीतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले अदातले ओलीको गैर संवैधानिक निर्णयलाई सच्याएको बताएका छन्। औपचारिक धारणा सार्वजिनक गर्न गठबन्धनको सिंहदरबारमा बैठक बस्दै छ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान