ट्रक चालकको मनमा पाप जाग्दा नाबालक सहित उनका बाबुले अनाहकमा ज्यान गुमाउनुपरेको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
धादिङको थाक्रे गाउँपालिका-६, महादेवबेशीमा मंगलबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
नौबिसेतर्फबाट गल्छीतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको बिदुर नगरपालिका-१३ का ३५ वर्षिय नारायण शिवभक्ति र उनका छोरा १० वर्षीय आर्यन शिवभक्तिको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । बाबुको उपचारको क्रममा काठमाडौस्थित ट्रमा सेन्टर र छोराको घटनास्थलमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका २० वर्षिय जीवन घर्ती घाइते छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । मोटरसाइकललाई ब्याक गरी ठक्कर दिएर भाग्ने ट्रकलाई प्रहरीले सिम्लेबाट नियन्त्रणमा लिएको छ ।
ओभरटेक गर्न लाग्दा आफ्नै साइडमा आइरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदै लछारेको थियो । त्यसपछि बाइक र सवार ३ जना सडकमा लडेका थिए । ट्रक चालकले पुनः ब्याक गरेर मान्छेमाथि टायर चढाएको भिडियोमा स्पष्ट देखिन्छ । चालकले प्रत्यक्षदर्शीले रोक्न खोज्दा पनि ट्रक हुईकाएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित खबर
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते