रोकिएको कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी

रोकिएको कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी

exam

सांकेतिक तस्बीर ।

काठमाण्डौ । कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन चौथो हप्तातिर हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएसँगै बोर्ड परीक्षाको तयारीमा लागेको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डको बैठक बसेर परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ