कांग्रेसका केन्द्रीय १० सदस्यहरुको वक्तव्य : ‘समायोजनका नाममा पार्टी कब्जाको प्रयास’

कांग्रेसका केन्द्रीय १० सदस्यहरुको वक्तव्य : ‘समायोजनका नाममा पार्टी कब्जाको प्रयास’

kangresh

विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका कृयाशिल सदस्यताले पार्टीलाई बलियो नबनाउने भन्दै नेपाली कांग्रेसका १० नेताले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्न आग्रह गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै  ‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको वताएका हुन्।’

वक्तव्यमा भनिएको छ -“पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ । नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो । तर एकैचोटी पुराना साथिहरुको बिस्थापन हुने गरि जथाभावी गर्नु हुदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ । तसर्थ नेपाली कांग्रेसको कृयाशिल छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको बिधिसंगत र तार्किक समाधान गर्न हाम्रो आग्रह छ ।”

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ