कक्षा १२ को परीक्षा साउन ३१ देखि शुरु हुने

कक्षा १२ को परीक्षा साउन ३१ देखि शुरु हुने

examination

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण रोकिएको १२ को परीक्षा साउन ३१ देखि शुरु हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा आज बसेको बोर्डको बैठकले परीक्षाको मिति तय गरेको हो । परीक्षा भदौ ९ गते सकिने छ ।

परीक्षा सम्बन्धित विद्यालयबाट दिन पाउने व्यवस्था गरिएको छ ।

१२ कक्षाको परीक्षाका लागि झन्डै चार लाख विद्यार्थीले परीक्षा फारम भरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ