थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु, कुन जिल्लामा कति ?

थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु, कुन जिल्लामा कति ?

corona death

File Photo.

काठमाडौं । पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १७ हजार ३०८ परीक्षण गर्दा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौंमा ४१०, झापामा ३०१, चितवनमा १८६, कास्कीमा १७६, ललितपुरमा १३४, सुनसरीमा १०५, मोरङमा ९५, भक्तपुरमा ६९, नवलपरासी पूर्वमा ६६, मकवानपुरमा ४२, रुपन्देहीमा ३४, नुवाकोटमा ३३, गोरखामा ३०, दाङमा २९, बागलुङमा २६, धनकुटा र म्याग्दीमा १६-१६ जना, इलाममा १३, काभ्रेपलाञ्चोमा १२, रामेछाप र तनहुँमा ११- ११ जना र धादिङमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६७८ कोरोना संक्रमणमुक्त हुँदा सोही अवधिमा १८ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds