अवैध मदिरा उत्पादन गरी विक्री गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

अवैध मदिरा उत्पादन गरी विक्री गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

chines -men

काठमाडौं।  अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरेको अभियोगमा प्रहरीले एक चिनिया नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय SHI ZHIWEI लाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चिनिया नागरिकले अवैध मदिरा उत्पादन गरी बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रालि दर्ता गरी अवैध मदिरा उत्पादन गरी विक्री वितरणको लागि तयार पारेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले उक्त होटलबाट ४ वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका १ सय १३ थान ड्रममा रहेका कच्चा पदार्थ र विक्रीको लागि तयार पारिएको मदिरा प्रहरीले बरामद गरेको छ । प्रहरी नियन्त्रणमा रहेका उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय महाराजगंज पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ