रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी

रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी

karfyu

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ