कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएकाे छ । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि अफ्रिकी मुलुकका नागरिकलाई यहाँ प्रवेश गर्न राेक लगाएकाे हाे ।
गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी नागरिकहरुलाई प्रवेश नदिन आइतबार निर्देशन दिएको हो । गृहप्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मन्त्रालयले निर्देशन दिँदै कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको हो ।
दक्षिण अफ्रिकी मुलुकसँगै अन्य केही देशमा पनि ओमिक्रोन भेरियन्ट भेटिन थालेपछि छिमेकी मुलुक भारतले पनि यसको रोकथाम तथा नियन्त्रणका लागि उच्त सतर्कता अपनाउने निर्णय गरिसकेको छ ।
विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’