तुइन काटेर खोलामा हाल्दा बोल्न नसक्ने निम्छरो पार्टी एमाले होइन : ओली

तुइन काटेर खोलामा हाल्दा बोल्न नसक्ने निम्छरो पार्टी एमाले होइन : ओली

kp_oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नागरिकलाई विदेशीले तुइन काटेर खोलामा हाल्दासमेत नबोल्ने वर्तमान सरकार जस्तो आफ्नो पार्टी नभएको बताएका छन्।

एमालेको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गर्दै उनले सरकारलाई ‘निम्छरो’को संज्ञा दिएका हुन्। उनले भने, ‘एमालेको सरकार देशका छुटेका भूभाग राखेर नक्सा जारी गर्ने र पास गर्ने सरकार हो। तुइन काटेर खोलामा हाल्दा नबोल्ने निम्छरो सरकार होइन।’

उनले एमाले विदेशी हस्तक्षेका विरुद्ध एक्लै दृढताका साथ बोल्ने गरेको बताउँदै पाँच दलीय गठबन्धनले बोल्न नसकेको बताए। उनले थपे, ‘मलाई शरम लाग्छ, त्यस्ताहरु सरकारमा बस्ने कसरी हक राख्छन्? हुन त उनीहरुले सरकारमा बस्ने जनादेश नै पाएका थिएनन्।’

एमाले देशका लागि लड्ने र देश बनाउने पार्टी रहेकाले प्रवेशको लहर बढेको समेत उनले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds