पछिल्लो २४ घण्टामा नेपालमा ११३५२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९५०२ जना र एन्टिजन परिक्षण गर्दा १८५० जना गरि जम्मा ११३५२ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार १०२५८ जना कोरोना संक्रमित थपिएका थिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ४ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२८ रहेको छ ।
आज थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ६३४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ५७८ जना, ललितपुरमा १०१९ जना र काठमाडौंमा ४६६६ जना गरि जम्मा ६३४३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
घट्यो पीसीआर परीक्षण शुल्क
सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनुपर्नेछ । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो । त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्नेछ । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिएको थियो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने