काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। मंगलबार २९औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्
स्थानीय तह निर्वाचनमा गठबन्धन दलका सदस्यहरूले आफ्नो दललाई भोट नहालेको उनको टिप्पणी छ। गठबन्धनका घटकहरूले सहकार्य गर्न नचाहेको उनको भनाइ छ।
‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ। हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्नेछौं,’ उनले भने, ‘गठबन्धनको पनि समीक्षा हामी गर्नेछौं। समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी गर्यौं र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो। त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन।’ यद्यपि धेरै निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
‘गठबन्धन दलका सदस्यहरूले हामीसँग सहकार्य गर्न चाहेनन्। हाम्रा आफ्नै कुराहरू होलान्’, उनले भने, ‘अरूका आफ्नै गुनासाहरू होलान्। जे सुकै गरे पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ। यो पार्टीलाई जनताको माझमा क्रियाशील गर्नुपर्ने छ।’
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने