नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी प्रकरणमा काँग्रेस नेता गगन थापाले अमेरिकी सेना नआउने भनेर गरेको भाषणले अहिले उनैलाई अप्ठेरो परेको टिप्पणी गरेका छन् ।
उनले दलालहरु क्रान्तिकारीहरुका विरुद्ध लडिरहेको भन्दै गगन थापाले अमेरिका नांगो ढंगले आउँदैन भनेर आफुलाई चार पाटा मुडेर खेद्नु भनेको भन्दै अहिले उनलाई अमेरिकाले धोती न टोपी बनाइदिएको बताए । ‘अहिले अमेरिकाले गगनलाई धोती न टोपी बनाइदिएको छ । उनलाई त थानकोट होइन मुग्लिन कटाउनुपर्थ्यो नि अहिलेसम्म’ विप्लवको भनाइ छ ।
उनले अमेरिकाको जनरल आएर नेपालमा क्याम्प खोल्ने हो खोल्न पाउनुपर्छ भनेको भन्दै एमसीसी आइसकेको बताए । त्यस्तै उनले प्रचण्डको व्याख्यात्मक टिप्पणीको पनि धोती लगाइदिएको बताए ।
‘हामीले गाह्रो पारेको होइन गगन थापालाई, हामी त टाउको फुटुञ्जेल लड्यौँ । हातखुट्टा भाचुन्जेल लड्यौँ । हाम्रा साथीहरु जेल पर्नुभयो’, उनले त्यसक्रममा पक्राउ परेकाहरूसँग धेरै रकम धरौटी मागेर दलालहरु मिलेको बताए । ‘धरौटी पनि कति माग्ने ? दश लाख माग्ने ? एउटा विद्यार्थीलाई १० लाख, ५ लाख, न्यायाधीश को हो यो ? घरघर गएर थुतेर कुट्नुपर्छ यिनलाई । एउटा पढिरहेको विद्यार्थीलाई १० लाख कहाँबाट ल्याएर तिर्ने ?’ विप्लवको प्रश्न छ ।
दलाल पुँजीवादको विरोध गर्दा १० लाख धरौटी माग्ने न्यायाधीशलाई घरमा गएर थुतेर कुट्नुपर्ने बताएका छन् । बुधबार काठमाडौमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको विरोध गर्दा विद्यार्थीहरूसँग त्यति धेरै धरौटी मागेकाले त्यस्तालाई घरबाटै थुतेर कुट्नुपर्ने बताएका हुन् ।
महासचिव विप्लवले नेपालमा अमेरिकीहरुलाई परास्त गर्न काँग्रेस एमाले र माओवादीले नसक्ने भन्दै क्रान्तिकारी श्रमिक जनता र आफ्नो पार्टी भएको र नेतृत्व गर्ने दावी गरे । उनले देशको पक्षमा उभिने ठुलो कुरा भएको भन्दै त्यसका लागि मारिन समेत पछि नपर्ने बताए । उनले नेपाली जनताले आफ्नो पार्टीलाई साथ समेत दिने बताए । ‘हामीसँग अर्को पार्टीका कार्यकर्ता पनि न्याय माग्न आएका छन्’, विप्लवको भनाइ छ । उनले अछामको एक जनाले न्याय नपाए विप्लवको पार्टीमा जानुपर्छ भनेर भनेको भन्दै जता गएपनि आफ्नै पार्टी खोजी गर्ने गरेको बताए ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’