भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने समूह नेपाल भित्रिएको दाबीसहित फैलाइएको भ्रामक सूचनाबारे नेपाल प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझै देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरूमा त्यस्ताखाले उजुरी र सूचना नआएको जनाएको छ ।
साइबर ब्युरोले सोमबार जारी गरेको एक अनुरोध पत्रमा त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न सम्पूर्ण नागरिकहरूमा अनुरोध गरिएको छ । यदि त्यस्ता कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्दै प्रहरीले भ्रामक प्रचार गर्नेमाथि कारबाही गर्ने चेतावनी पनि दिएको छ । प्रहरीले भनेको छ, ‘सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरा जानकारी गराउँदछौ।’
हालैका दिनमा सामाजिक सञ्जालमा ‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको’ भन्ने व्यहोरा लेखेर भ्रामक खबर फैलाइएको पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ