भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने समूह नेपाल भित्रिएको दाबीसहित फैलाइएको भ्रामक सूचनाबारे नेपाल प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझै देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरूमा त्यस्ताखाले उजुरी र सूचना नआएको जनाएको छ ।
साइबर ब्युरोले सोमबार जारी गरेको एक अनुरोध पत्रमा त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न सम्पूर्ण नागरिकहरूमा अनुरोध गरिएको छ । यदि त्यस्ता कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्दै प्रहरीले भ्रामक प्रचार गर्नेमाथि कारबाही गर्ने चेतावनी पनि दिएको छ । प्रहरीले भनेको छ, ‘सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरा जानकारी गराउँदछौ।’
हालैका दिनमा सामाजिक सञ्जालमा ‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको’ भन्ने व्यहोरा लेखेर भ्रामक खबर फैलाइएको पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?